Logo
Logo

खेलकुद महासंघमा माधव नेपाल पक्षको सातै प्रदेशमा नयाँ कमिटी गठन


दृष्टि संवाददाता


काठमाडौं, २३ चैत ।
नेकपा(एमाले) निकट नेपाल खेलकुद महासंघमा झलनाथ खनाल तथा माधव कुमार नेपाल समूहले कमिटीहरु गठन गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गरी प्रदेशहरूको नेतृत्व र कार्यविभाजन गरिएको छ ।


कार्यक्रममा नेता नेपाल, जीवनराम श्रेष्ठ, पुरुषोत्तम पौडेल लगायत थिए ।
नेता पौडेलका अनुसार कार्यविभाजन यस प्रकार छः
१, प्रदेश नम्बर १ – इन्चार्ज– कमरेड केशव कुमार विष्ट , सह इन्चार्ज कमरेड रविन नगरकोटी र क. अर्जुन राई ।
अध्यक्ष कमरेड शंकर थापा , सचिव कमरेड गणेश वुढाथोकी ।
२, प्रदेश नम्बर २ – इन्चार्ज – कमरेड महमद समिउल्लाह , सह इन्चार्ज कमरेड प्रदीप यादव र दीपक श्रेष्ठ ।
अध्यक्ष कमरेड मधुसूदन धिताल , सचिव कमरेड राजेश चौधरी ।
३, वाग्मती प्रदेश – इन्चार्ज कमरेड बद्री अधिकारी , सह इन्चार्ज सुदर्शन गुरूङ्ग ।
अध्यक्ष कमरेड तिर्थलाल श्रेष्ठ , सचिव कमरेड दीपेन्द्र ढकाल ।
४, उपत्यका – इन्चार्ज – कमरेड उपेन्द्र पौडेल , सह इन्चार्ज कमरेड नारायण गमाल ।
अध्यक्ष कमरेड वटुकृष्ण थापा , सचिव कमरेड रामगोपाल चौगुठी ।
५, गण्डकी प्रदेश – इन्चार्ज – कमरेड प्रेम गुरूङ्ग , सह इन्चार्ज कमरेड देवेन्द्र वास्तोला ।
अध्यक्ष कमरेड सुरज वोसेल , सचिव कमरेड भूमिश्वर भुसाल ( राजु ) ।
६, लुम्बिनी प्रदेश – इन्चार्ज – कमरेड विनोद मैनाली , सह इन्चार्ज कमरेड वसन्त जीआर ।
अध्यक्ष कमरेड डिल्ली डागी , सचिव कमरेड करुणा काफ्ले ।
७, कर्णाली प्रदेश – इन्चार्ज – कमरेड मोहन शाही , सह इन्चार्ज कमरेड भिम वहादुर थापा र वीर वहादुर राऊत ।
अध्यक्ष कमरेड विजय सिह , सचिव कमरेड नर बहादुर वस्नेत ।


८, सुदूरपश्चिम प्रदेश – इन्चार्ज – कमरेड हरक सिह धामी , सह इन्चार्ज कमरेड सकुन्तला नगरकोटी ।
अध्यक्ष कमरेड हिक्मत थापा , सचिव कमरेड लाल वहादुर शाही ।
९, राष्ट्रीय संघहरू परिचालन – इन्चार्ज क. पुरूषोत्तम पौडेल , सह इन्चार्ज कमरेड धर्म श्रेष्ठ र कमरेड अनिल रिजाल ।
१०, राखेप विभाग – प्रमुख कमरेड वीरेन्द्र श्रेष्ठ ।
११, कानुन विभाग – प्रमुख कमरेड भरत केसी ।
१२, क्लब तथा समन्वय विभाग–– प्रमुख कमरेड राजेन्द्र श्रेष्ठ ।
१३, प्रचार विभाग – प्रमुख कमरेड स्वयम्भू राज डङ्गोल र उप प्रमुख देवेन्द्र आचार्य ।
१४, महिला विभाग – प्रमुख कमरेड सन्जु महर्जन र उप प्रमुख रिता कोइराला र राधिका हमाल ।

प्रतिक्रिया दिनुहोस्