Logo
Logo

धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु


दृष्टि संवाददाता


काठमाडौं । नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको आरम्भ गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् ।

धुम्बराही तरकारी तथा फलफूल केन्दमा जाने उपभोक्ताले अब आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारी र धुम्बराही तरकारी तथा फलफूल केन्द्रका कार्यकारी सदस्यहरु एवं बिक्री केन्द्रका व्यवसायीहरुको उपस्थिति थियो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक क“डेलले विभिन्न तरकारी तथा फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि तरकारी पसलमा तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए । नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लोपटक उपभोक्ताहरु यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन् ।
डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । अहिले बैंकको साथमा देशभर ३ हजा©भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन्, जुन हरेक दिन बढिरहेका छन् ।

यसैगरी नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नया“पन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताए । उनले भने, ‘नबिल क्यूआर कोड एउटा सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी गर्ने माध्यम हो, जसलाई आर्थिक समृद्धिमा महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ । क्यूआर मार्फत डिजिटल भुक्तानीलाई प्रबर्द्धन गर्ने उद्देश्यको साथ, नबिल बैंकले देशभर त्तच् भुक्तान सेवाको पहु“च विस्तार गर्न एक मिशन शुरू गरेको छ ।’

नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटलमार्फत सेवा पु¥याइरहेको छ । बैंकले ग्राहकहरुको आवश्यकता पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण गरिरकेको जनाएको छ । बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राख्नुका साथै नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टचपोइन्टहरु र आन्तरिक प्रक्रियाहरु क्रमिक रूपमा अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्