Logo
Logo

ताजा जनादेश नै अबको विकल्प : कमल थापा


दृष्टि संवाददाता



हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको बताएका छन् । राप्रपा मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकको हित नगर्ने समेत बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘मुलुकको स्वाधिनता प्रमुख विषय हो, गौरवशाली इतिहासलाई मटियामेट पारेर नयाँ भाष्य सिर्जना गर्ने दुष्प्रयास सफल हुन दिनुहुन्न् ।’

थापाले सत्ता र शक्तिको निमित्त भएको लुछाचुँडीले मुलुक अन्यौल र अनिश्चिततातर्फ धकेलिएको बताउँदै ताजा जनादेश मात्र अबको विकल्प रहेको बताए । पार्टीको महाधिवेशन, आगामी निर्वाचन, संगठन निर्माण र सुदृढीकरण अबको प्रमुख कार्यभार भएको भन्दै थापाले प्रशिक्षण कार्यक्रमलाई सघन रुपमा वडा तह सम्म लैजान आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्