Logo
Logo

पेट्रोल पम्पकै मिलेमतोमा नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी


दृष्टि संवाददाता


काठमाडौं । पेट्रोल पम्पकै मिलेमतोमा नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा १० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले भारततर्फ पेट्रोलिय पदार्थ तस्करी गरेको आरोपमा विभिन्‍न मितिमा पक्राउ गरेर १० जनालाई बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको बिहार मोतिहारी पूर्वी चम्पारण भेलाहीका ४५ वर्षीय मनोज गुप्ता, सोही ठाउँका भारतीय नागरिक ५५ वर्षीय इदरिश मियाँ, सोही ठाउँका ३० वर्षीय पिन्स साह छन् ।

त्यस्तै पर्साको जगरनाथपुर गाउँपालिका–२ का ३५ वर्षीय सागिर आलम, सोही ठाउँका ३९ वर्षीय रामानन्द राम, २० वर्षीय रविकुमार साह, ४० वर्षीय मुनी साह तेली, २२ वर्षीय जामिल गद्दी, ३८ वर्षीय राजकुमार कुर्मी र ३५ वर्षीय आश महम्द राउत गद्दी पक्राउ परेका छन् ।

पक्राउ परेका १० जनालाई कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्