Logo
Logo

राष्ट्रिय जनमोर्चाले आज नयाँ नेतृत्व चयन गर्दै


दृष्टि संवाददाता


काठमाडौं । बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न हुँदैछ । हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्थाअनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको हो ।
सम्मेलनबाट राजनीतिक सांगठनिक प्रतिवेदनसमेत सर्वसम्मत रुपमा पास भएको एक नेताले बताए । सम्मेलनमा पारित हुने दस्तावेजको मस्यौदा तयार गर्न पार्टीले अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्