Logo
Logo

सिद्धार्थ बैंकद्धारा नेपाल आँखा अस्पताललाई पाँच लाख सहयोग


दृष्टि संवाददाता


काठमाडौं । सिद्धार्थ बैंकले आज (बिहीबार) काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई टोकन सिष्टम लागू गर्नका लागि सहयोगस्वरुप पाँच लाख रुपैयाँ प्रदान गरेको छ । उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले अस्पतालमा आउने सेवाग्राहीको सुविधा तथा छिटोछरितो सेवा प्रदान गर्नका लागि अस्पतालका विभिन्न ब्लकहरुमा टोकन सिष्टम लागू गर्न उपयोग गर्ने जानकारी दिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्