Logo
Logo

भारतमा कोरोना कहर : एकैदिन हालसम्मकै धेरै संक्रमित फेला


दृष्टि संवाददाता


काठमाडौं । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देखिएको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै भएको भारती मिडियाले उल्लेख गरेका छन् ।

यस्तै, तारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमित व्यक्ति फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ अर्थात् हरेक १ सय जनामा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच भारतको राजधानी नयाँदिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । यी डाक्टरहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका थिए । संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्