Logo
Logo

प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लीलाप्रकाश सिटौला


दृष्टि संवाददाता


काठमाडौं । प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लीलाप्रकाश सिटौला नियुक्त भएका छन् । चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले सिटौलालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

बैंक तथा वित्तीय संस्थामा काम गरेको उनीसँग करिब साढे दुई दशकको अनुभव छ । नेपाल राष्ट्र बैंकमा लामो समयसम्म काम गरेका उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका थिए । त्यसपछि उनी कृषि विकास बैंकको सिइओको रुपमा काम गरेका थिए ।

सिटौलाले पूर्वाञ्चल ग्रामीण विकास बैंकको सिइओको रुपमा पनि काम गरेका छन् । यस्तै सिटौलासँग बीमा संस्थान र नेपाल स्टक एक्सचेन्जमा सञ्चालक, कर्जा सूचना केन्द्रको अध्यक्ष र नेपाल बैकर्स संघको कार्यसमिति सदस्य भएर काम गरको अनुभव पनि छ ।

प्रतिक्रिया दिनुहोस्