Logo
Logo

भारतमा खतरनाक बन्दै कोरोना : एकैदिन १ लाख ५२ लाख संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो केही साता यता भारतमा कोरोना संक्रमणको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ ।

भारतमा दैनिक संक्रमित बढिरहेका छन् । शनिबारमात्र यहाँ एक लाख ५२ हजार ५ सय ६५ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य विभागले जनाएको छ ।

यो संख्या कोरोना महामारीको सुरुवात भएयताकै धेरै हो । पछिल्लो २४ घण्टामा ९०,३२८ मानिस निको भएका छन् र ८३८ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । मृत्युको मामिलामा यस वर्ष दोस्रो पटक एक दिनमा ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् । यसअघि ८ अप्रिलमा ८०२ जनाको मृत्यु भएको थियो ।

भारतमा सक्रिय संक्रमित अर्थात् कोरोनाको उपचार गराइरहेका बिरामीको आँकडा लगातार बढिरहेको छ । अघिल्लो दिन यसमा ६१, ३२९ को वृद्धि भएको छ भने सक्रिय संक्रमितको आँकडा ११ लाख २ हजार ३७० पुगेको छ ।

दिल्लीमा कोरोना संक्रमणको बढ्दो मामिलाका कारण नयाँ प्रतिबन्धको घोषणा गरिएको छ । यो ३० अप्रिलसम्म लागू हुनेछ । दिल्लीमा अब अन्तिम संस्कारमा अधिकतम २० र विवाह समारोहमा ५० जना मात्रै समावेश हुन सक्छन् ।

रेष्टुरेन्ट र बारले पनि अब आफ्नो सिटिङ क्यापेसिटीको ५० प्रतिशत क्षमतासहित काम गर्नेछन् । मेट्रोमा पनि एक कोचमा सिटिङ क्यापसिटीको ५० प्रतिशतमात्रै यात्रा गर्न पाउनेछन् । बसमा पनि एक समयमा ५० प्रतिशत क्षमताका साथै यात्रीले यात्राले गर्न सक्नेछन् । सिनेमा, थिएटर र मल्टिीप्लेक्स पनि ५० प्रतिशत क्षमतासहित चल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्