Logo
Logo

सानिमा बैंकको ‘नयाँ वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना


दृष्टि संवाददाता


काठमाडौं । सानिमा बैंकले ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर’ योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष २०७८ को अवसरमा उक्त अफर सार्वजनिक गरेको हो ।अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकले उक्त अफर ल्याएको हो । जसअन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।

यस योजनाअन्तर्गत बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट पाउनेछन् । त्यस्तै क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशित वा अधिकतम १५०० रुपैयाँ सम्मको छुट पाउने बैंकले जनाएको छ ।

जसका लागि सानिमा बैंक र दराज केयमुबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका निरजराज श्रेष्ठ र दराज केयमुको तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका हुन् । यस योजना चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म लागू हुनेछ । बैंकको डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्