Logo
Logo

व्यवसाय बढाउन रावा बैंक र नेपाल टेलिभिजनबीच सम्झौता


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच २०७८ सालको लागि टिभीसी प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टिभीसी नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण गर्नेछ । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौतापश्चात बैंकको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टले दुवै संस्थाको विश्वास र इमेज बढेर जाने बताए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृतद्धय सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज बस्नेत, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापालगायत दुवै संस्थाका कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्