Logo
Logo

प्रहरीलाई घुस दिने युवक पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १९ फागुन ।
प्रहरीलाई घुस दिने युवक पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका वडा नंम्बर १ श्रीजनाचोक स्थित यस कार्यालयबाट सई सुरेश खड्काको कामाण्डमा खटि गएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा पक्राउ बा २४ प १३२५ मोटरसाइकल चालक नुवाकोट बेलकोटगढी भई काठमाण्डौ कालिमाटी बस्ने बर्ष २१ को रन्जित तामाङलाई पक्राउ गरेको हो ।
उनले आफूलाई कारबाही नगर्न भन्दै प्रहरीलाई एक हजार रुपैयाँ घुस दिएका थिए । उनीविरुद्ध सार्वजनिक अपराधको कसुर चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्