Logo
Logo

कीर्तिपुर नगरपालिकाका वडाध्यक्ष मालीको निधन


दृष्टि संवाददाता


काठमाडौं । मस्तिष्कघात भएपछि वयोधा अस्पतालमा उपचाररत् कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।

वडाध्यक्ष मालीको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए । आज (सोमबार) उनलाई श्रद्धाञ्जली दिने र नगरपरिक्रमा सहित अन्तिम संस्कार गरिने मेयर महर्जनले जानकारी दिए ।

माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत थिए।

प्रतिक्रिया दिनुहोस्