Logo
Logo
एमाले विवाद

प्रदेश २ मा एमाले माधव समूहले फेर्यो संसदीय दलको नेता

सत्यनारायाण मण्डललाई हटाएर शत्रुघन महतो दलको नेता


दृष्टि संवाददाता


जनकपुर । नेकपा एमालेको विवाद प्रदेश २ को प्रदेशसभामा पनि देखिएको छ । माधव नेपाल समूहले प्रदेश २ को संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाउँदै शत्रुघन महतोलाई चयना गरेको छ ।

आज (सोमबार) बोलाइएको प्रदेश सभा बैठकको अघिल्लो दिन महतोलाई माधव समूहले संसदीय दलको नेता चयन गरेको हो । एमालेका २१ सांसदमध्ये १३ जनाको हस्ताक्षर सहितको पत्र सभामुख सरोजकुमार यादवलाई बुझाइएको संसदीय दलका नेता महतोले जानकारी दिएका छन् ।

माधव समूहले उपनेतामा रवीन्द्र बैठा, प्रमुख सचेतकमा सुन्दर विश्वकर्मा र सचेतकमा बेची लुंगेलीलाई चयन गरेको छ । यता ओली समूहका संसदीय दलका नेता मण्डलले आफू नै आधिकारिक भएको दाबी गरेका छन् । पार्टी नीति विपरित जानेलाई कारवाही गरिने उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्