Logo
Logo

‘विजनेश’ विहिन बनेको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै


दृष्टि संवाददाता


काठमाडौं । सरकारले ‘विजनेश’ नदिंदा औपचारिकतामा मात्र सिमित बनेको प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि प्रधानमन्त्री ओली बैठकमा सहभागी भएका छैनन् । उनले पेश गर्नुपर्ने प्रतिवेदनहरु प्रतिनिधि मार्फत पेश हुँदै आएको छ । संघीयता कार्यान्वयन लगायतका धेरै विधेयकहरु सरकारले नदिंदा प्रतिनिधिसभा ‘विजनेश’ विहिन बन्दै आएको छ ।

सांसदहरुले नै सरकारले प्रतिनिधिसभालाई अवमूल्यन गरेको आरोप लगाउँदै आएका छन् । आजको बैठकमा पनि सांसदहरुले आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्