Logo
Logo

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय नेताहरुसँग भेट्ने


दृष्टि संवाददाता


काठमाडौं । भारतको हरिद्वारा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह दुई दिनको बसाईपछि नयाँ दिल्ली जाने भएका छन् । उनले त्यहाँ राजनीतिक भेटघाट गर्ने भएका छन् ।

स्रोतका अनुसार भारतीय गृहमन्त्री अमित शाह लगायतका भारतीय जनता पार्टी (भाजपा)का नेताहरुसँग भेटघाट गर्ने बताइएको छ । पूर्वराजा शाह महाकुम्भ मेलामा प्रमुख अतिथिका रुपमा सहभागी हुन भारत गएका थिए ।

हरिद्वारमा भएको महाकुम्भ मेलामा सहभागी पछि उनी नयाँ दिल्ली प्रस्थान गर्ने छन् । उनले त्यहाँ रक्षा मन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर लगायतसँग पनि कुराकानी गर्न सक्ने बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटका लागि समय मागिएको स्रोतले बताएको छ । तर, नेपालसँगको सम्बन्ध सुधारमा जुटेका भारतीय प्रधानमन्त्रीले भेट दिने सम्भावना कम रहेको बताइएको छ । पूर्वराजा शाहले १२ बुँदे सहमति अनुसार आफ्नो सम्बोधन नभएको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्