Logo
Logo

काठमाडौंमा मोटरसाइकल चोर सक्रिय, दुई जना रंगेहात पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाण्डौ, १९ फागुन।
काठमाडौंमा मोटरसाइकल चोरी गर्ने समूह सक्रिय भएको छ । प्रहरीले छुट्टाछुट्टै स्थानबाट मोटरसाईकल चोरी गर्ने २ जनालाइ पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनले यही १८ गते बेलुका ९ बजे बुढानिलकण्ठ नगरपालिका १० ह्याण्डबल ग्राउण्डबाट उदयपुर गाईघाट२ का गंगाबहादुर तामाङलाई पक्राउ गरेको छ ।

तामाङले बा.९८ प. ५०८६ नम्बरको मोटरसाईकल मण्डिखाटारबाट चोरी गरी ल्याउदै गरेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
यसै गरी यही १८ गते साढे नौ बजे महानगरीय प्रहरी प्रभाग बलम्बुले चन्द्रागिरी नगरपालिका१५ तिनथानाबाट बालाजु बस्ने दाङ तुल्सीपुरका नविन बस्याललाई पक्राउ गरेको छ । बस्यालले बलाजुमा बा.६५ प.५६४० नम्बरको रोतो डियो स्कुटी चोरी गरी चलाई ल्याउदै गरेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्