Logo
Logo

आङ सान सुचीलाई थप ६ मुद्दा लगाइयो


दृष्टि संवाददाता


काठमाडौं । सेनाको नियन्त्रणमा रहेकी म्यानमारकी नेतृ आङ सान सुचीलाई नयाँ फैजदारी अभियोग लगाइएको छ । उनकी वकिल मीन मीन सोले एएफपीलाई दिएको जानकारी अनुसार उनमाथि ६ वटा मुद्दा लगाइएको छ ।

न्यापिटअमा पाँच र याङ्गुमा एउटा मुद्दा लगाइएको एएफपीले जनाएको छ । म्यानमारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा आइतबार मात्र कम्तिमा ८० जनाको मृत्यु भएकोछ ।

म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सुची र उनको ‘नेशनल लिग फर डिमोक्र्यासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्