Logo
Logo

पहाडी भूभागमा आंशिक बदली, केहीस्थानमा चट्याङसहित वर्षा


दृष्टि संवाददाता


काठमाडौं । देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ।

तराई लगायत समथर क्षेत्रमा मौसम सामान्यतया सफा र देशका धेरै स्थानहरूमा तुवाँलो लागिरहेको महाशाखाले जानकारी दिएको छ ।
यसैगरी, आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली हुने साथै बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने देशका केहि भूभागमा तुवाँलोको असर रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्