Logo
Logo

विमानस्थलबाट सुन तस्करी गर्ने दुई जना पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाण्डौ, १९ फागुन
महानगरीय प्रहरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले अबैध सुन सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही १८ गते दिउँसो करिब १ बजे विमानस्थलको पार्किङ एरियाबाट सिन्धुपाल्चोकका विशाल तामाङलाई सुनको तीन वटा बालासहित पक्राउ गरेको हो । जून बालाको तौल एक सय ५० ग्राम छ ।


यसै गरी विदेशबाट आएका गोरखाका भिम बहादुर रानालाई शंका लागि पार्किङ एरियामा चेकजाँच गर्दा निजको साथबाट प्रहरीले अन्दाजी ५ लाख २६ हजार १ सय ८५ रूपैया मुल्य बराबरको २ सय ९ ग्राम सुन बरामद गरेको छ ।
बैदेशिक रोजगारमा जाने कामदारलाई प्रयोग गरी केही समूहले सुन तस्करी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्