Logo
Logo

कांग्रेसको केन्द्रीय समिति बैठक बैशाख ५ मा


दृष्टि संवाददाता


काठमाडौं । चैत ३० गते स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बैशाख ५ गते बस्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ तथा कांग्रेस नेता गोविन्दराज पौडेलको निधन भएपछि हिजो (चैत ३० गते) बोलाइएको बैठक स्थगित भएको थियो ।

बैशाख ५ गते बस्ने बैठकले १४ औं महाधिवेशनको तयारी थाल्ने छ । नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय तथा आमन्त्रित सदस्यहरू सहभागी हुने जानकारी दिएका छन् ।

बैठकमा पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद, समाधान र महाधिवेशनका सम्बन्धमा छलफल हुने छ । यस्तै बैठकले क्रियाशिल सदस्यता वितरणको म्याद थप पनि गर्ने भएको छ । सदस्यता वितरणको म्याद चैत ३० गते नै सकिएको छ । बैठकमा विभिन्न जिल्लामा देखिएका विवाद समाधान गर्न सुझाव लिनेछ ।

प्रतिक्रिया दिनुहोस्