Logo
Logo

एक्सेल डेभलपमेन्टको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।


बैंकले गत असार १४ गते सम्पन्न गरेको १४औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्काशनको एजेन्डा अनुमोदन गरेको थियो । बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्काशनको एजेन्डा पारित गरेको छ । यो हकप्रद रु. १०० अंकित दरको सेयर पुँजी २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको हुनेछ, जसअनुसार बैंकले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गर्ने जनाइएको छ ।

उक्त सम्झौतामा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल, एनआइबिएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले मिति २०७७ चैत २७ गते हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्