Logo
Logo

दैनिक ११ हजार संक्रमित हुन सक्ने प्रक्षेपण, एक महिना विद्यालय बन्द गर्न सिफारिस


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गर्दै सरकारले विशेष सतर्कता अपनाउने योजना तय गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो जानकारी दिए ।
अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीको भनाइ रहेको छ ।

एक महिना विद्यालय बन्द गर्न सिफारिस
कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयले अनलाइन माध्यमबाट कक्षा संचालन गर्नुपर्ने सुझाव दिदै एक महिना विद्यालय बन्द गर्न सुझाव दिएको हो ।

कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा बढी देखिएको भन्दै विद्यालय बन्द गर्न मन्त्रालयले सुझाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस्