Logo
Logo

सिटिजन्स बैंकका ग्राहकलाई किङ्स लाउञ्जमा विशेष छुट


दृष्टि संवाददाता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले दरबारमार्गस्थित किङ्स लाउञ्जमा विशेष छुट पाउने भएका छन् । आइतबार बैंक र लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । यो सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु किङ्स लाउञ्जमामा कार्डबाट भुक्तानि गर्दा केही प्रतिशत छुट पाउनेछन् ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । साथै बैकले हालैमा युएसइडी इकम कार्डको सुरुवात गरेको छ । जसअन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी वार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्