Logo
Logo

नेपाल एसबिआई बैंकले शुरु गर्यो ‘कर्पोरेटपे’ सेवा


दृष्टि संवाददाता


काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेटपे’ प्रणालीको सुरुवात गरेको छ । जसको लागि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्ममार्फत बैंकमा नगई आफैँले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्टआईपीएस अथवा एनसीएचएल–आइपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् ।

कर्पोरेटपेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यसपश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैँले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानी बैंकको प्रत्यक्ष संलग्नताबिना नै गर्न सक्दछन् भने सो सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेकजाँच पश्चात प्रोसेस हुने व्यवस्था रहेको छ ।

नेपाल एसबिआई बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ र यस कर्पोरेटपे प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ । यस प्रणालीको प्रयोग र विस्तारपश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाइनमै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्