Logo
Logo

चट्याङ सहित पहाडी भूभागमा क्षणिक वर्षा


दृष्टि संवाददाता


काठमाडौं । आज देशका केही पहाडी भूभागमा चट्याङ सहित पानी पर्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव गरेको छ ।

महाशाखाले आज बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली भइरहेको जनाएको छ ।
देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्