Logo
Logo

संक्रमण नियन्त्रणबाहिर गएपछि भारतको नयाँदिल्लीमा कर्फ्यू


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो समय नयाँ भेरियन्टको कोरोनाभाइरस संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै भारतको राजधानी नयाँदिल्लीमा कर्फ्यू घोषणा भएको छ ।
नयाँदिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबारदेखि सोमबारसम्म कफ्र्यु घोषणा गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । समाचारमा जनाएअनुसार कर्फ्यू शुक्रबार राति १० बजेबाट लागु हुनेछ ।
मुख्यमन्त्री केजरीवालले कोभिडविरुद्ध लड्न लकडाउन सबैभन्दा उपयुक्त विकल्प रहेको बताएका छन् । पछिल्लो केही दिन यता भारतमा संक्रमितको संख्या ह्वातै बढ्दै गएको छ । बुधबार एकैदिन दुई लाखभन्दा बढी संक्रमित फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्