Logo
Logo
कोरोना संक्रमणको दोस्रो लहर

१४ जिल्ला कोरोनाबाट अति संवेदनशील क्षेत्र घोषणा

बालबालिकालाई विद्यालय नपठाउन आग्रह


दृष्टि संवाददाता


काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ वटा जिल्लालाई कोरोनाबाट अति संवेदनशील क्षेत्र घोषणा गरेको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्धारा जारी विज्ञप्तीमार्फत १४ जिल्लालाई अति संवेदनशील क्षेत्र घोषणा गरिएको हो । ती क्षेत्रमा भीडभाड नगर्न सार्वजनिक अपिल समेत गरिएको छ ।

ती जिल्लाका रेष्टुरेन्ट, क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा, जात्राहरु, सभा, सम्मेलन बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुलमा सहभागि नहुन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

अति संवेदनशील घोषणा गरिएको जिल्लाहरु काठमाडौं,  ललितपुर, कास्की, रुपन्देही, भक्तपुर, चितवन, बाँके, पर्सा,  कैलाली,  मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्