Logo
Logo

ढाका टोपी ढल्काएर कोमलले भनिन्, ‘२०१९ भित्रै मेरो विवाह हुन्छ’



काठमाडौं । पछिल्लो समय विवाहको विषयमा चर्चामा आइरहने सेलिब्रेटीमध्ये एक हुन् गायिका कोलम वली । राष्ट्रिय सभाकी सांसद समेत रहेकी वलीले आफ्नो यही स्न २०१९ भित्रै स्वयम्बर अर्थात विवाह हुने खुलासा गरेकी छन् । विवाह नगररी बसेकै कारण पत्रकारहरुको प्रश्नको घेरामा पर्दै आखएकी वलीले मंगलबार राजधानीमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले यस्तो बताएकी हुन् ।


कार्यक्रममा बोल्दै उनले भनिन्, ‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या हो रु २०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’
सांसद वलीले हिन्दु धर्म वैज्ञानिक रहेको बताएकी छन् । उनले भनिन्, ‘हाम्रो हिन्दू धर्म विज्ञानभन्दापनि अगाडि छ । हाम्रो संस्कृति, हिन्दुधर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ, हामी नेपाली हिन्दु महिलाहरु मंगलबार बर्त बस्छौं, हिन्दु परम्पराले शरिरलाई स्वस्थ र मजबुद बनाउँछ भन्ने छ ।’
मंगलबा टोपी दिवस परेको सुनाउँदै उनले आफ्नो संस्कारलाई बचाइराख्नको लागि सबैले प्रयास थाल्नुपर्ने बताइन् । उनले भनिन्, ‘हिन्दुधर्मको मान्यताअनुसार जोडिएका सम्बन्धहरु सहजै टुट्न गाह्रो हुन्छ, यज्ञ र मण्डपमा अग्निसामु हिन्दु कर्मकाण्डबाट विवाह गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्