Logo
Logo

विशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर


दृष्टि संवाददाता


काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा काठमाडौं जिल्लाको कामनपास्थित वडा नं ११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंस्थित विशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको वैशाख ३ गतेदेखि कारोबार सुरु भएको हो । विशेष अदालत परिसरमा विशेष अदालत काठमाडौंका न्यायाधीश प्रेमराज कार्कीबाट एक समारोहका बीच प्रभु बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका थिए ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभुले विशेष अदालत काठमाडौंमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित विशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र विशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटिएम, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखारहित बैंकिङ सेवामार्पmत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्