Logo
Logo

कामना सेवा विकास बैंकको नाफा १७२ प्रतिशतले बढ्यो


दृष्टि संवाददाता


काठमडौं । कामना सेवा विकास बैंकको नाफा १७२ प्रतिशतले बढेको छ । विकास बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाको नाफा एक वर्षको अवधिमा १७२ प्रतिशत अर्थात ३६ करोड ७७ लाख रुपैयाँले बढी हो ।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिसम्ममा २१ करोड ५४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.०८ प्रतिशत बढेको छ । चैत मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी १० लाख ७७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ५ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी बढेर २६ लाख ५१ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैंकले ३ करोड ९२ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरी ३ करोड ६५ लाख रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ । जुन अघिल्लो आवको चैत मसान्तसम्मको तुलनामा क्रमशः २३ र ४१ प्रतिशतले बढी हो ।

बैंकको प्रतिसेयर आम्दानी पनि १८ रुपैयाँले बढेर २९.४७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११४.३५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.९४ गुणा रहेको छ । त्यस्तै, समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.३७ प्रतिशतविन्दु घटेर १ प्रतिशतमा झरेको छ । बेस रेट र स्प्रेड रेट घटेर क्रमशः ८.१५ प्रतिशत र ४.९५ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्