Logo
Logo

७० हजार डलरसहित विमानस्थलमा दुई युवती पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २१ फागुन
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट वैंककतर्फ अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ६९ हजार ५ सय ५० अमेरिकी डलर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ४ बस्ने सरला खड्का र काठमाडौं महानगरपालिका १६ बस्ने रिंकु गुरुङ रहेका छन् ।


नेपाल एयरलाइन्सको उडानद्वारा वैंकक जान लागेका उनीहरुलाई अन्तराष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये सरला खड्काको साथबाट ३५ हजार ६ सय ५० र रिंकु गुरुङको साथबाट ३३ हजार ९ सय अमेरिकी डलर बरामद भएको हो । उनीहरुलाई ठूलो गिरोहले परिचालन गरेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्