Logo
Logo

यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २१फागुन ।

यातायात ब्यबस्था कार्यालय मोटरसाईकल शाखा गुर्जुधाराबाट सात जना बिचौलिया पक्राउ परेका छन् । यातायात कार्यालय र प्रहरी प्रभाग बलम्बुको समन्वयमा संचालित फिल्टर अप्रेसरन अन्तर्गत उनीहरु पक्राउ परेका हुन्। कार्यालयमा आउने सेवाग्राहीहरुलाई छिटो छरितो काम गरी दिने भनि रकम माग गरी दुःख दिएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।


को को पक्राउ परे ?

१.जिल्ला काभ्रे मण्डनदेउपुर न.पा.घर भइ हाल का.जि.च.न.पा. ५ थानकोट बस्ने २९ को रेशम पराजुली
२.जिल्ला दोलखा जिरि न.पा.९ घरभई हाल हरिसिद्दि ललितपुर बस्ने बर्ष २८को राजकुमार जिरेल
३.जिल्ला ललितपुर हरिसिद्दि १ बस्ने बर्ष २७ को सुनिल महर्जन
४.जिल्ला.ललितपुर तालसिखेल १४ घरभई बस्ने बर्ष २४को उत्तम गुरुङ
५. जिल्ला ललितपुर भैसिपाटि फुलवारी मार्ग बस्ने बर्ष १८को सुरज गुरुङ
६.जिल्ला ओखलढुङ्गा चम्पादेवि (४घरभइहाल का.जि. चावहिल कपन बस्ने बर्ष २७ को पुस्कर कटुवाल
७.जिल्लाबारा निजगढ ५ घर भई ललितपुर सातदोबाटो बस्ने बर्ष २४ को ईन्द्र बहादुर तामाङ

प्रतिक्रिया दिनुहोस्