Logo
Logo

ढलेको ६ वर्षपछि उठ्यो धरहरा (फोटोफिचर)


दृष्टि संवाददाता


काठमाडौं । धरहराको पुर्ननिर्माण अन्तिम चरममा पुगेको छ । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा २२ तलाको बनाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैंले झन्डै ४ अर्ब खर्चमा धरहरा निर्माण गरेको हो ।

यसअघि वि.सं. १९९० मा भत्किएको धरहरा त्यसपछि पुनर्निर्माण गरिएको थियो । पुनः २०७२ सालको भूम्पकले त्यसलाई पूर्ण रूपमा क्षति पु¥याएपछि पुर्ननिर्माण गरेको हो ।

धरहरा प्रवेशका लागि अहिले भएको गोश्वारा हुलाक कार्यालयबाट प्रवेशद्वार हुनेछ । प्रवेश गरेपछि त्यहाँबाट दुई तलामुनि गएर लिफ्टबाट २२ तलाको धरहराको माथिल्लो भागमा पुगिनेछ ।

धरहराको गजुर ६९ दशमलव २ मिटर अग्लो बनाइएको छ । सरकारले यही ११ बैशाख उद्घाटन गर्ने भनेको छ । तर, अझै तयारी भइसकेको छैन । बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धराहराको २१औँ तलामा पुजा गरेका छन् । तस्बिर : प्रदीपराज वन्त/रासस

 

धरहराको २१औँ तलाबाट देखिएको धरहरा वरिपरिको दृश्य ।

गजुर राख्नका लागि धरहराको २१औँ तलामा पुजा गर्दै प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवाली ।

प्रतिक्रिया दिनुहोस्