Logo
Logo

न्यायाधीशद्वयको सपथलगत्तै इजलास


दृष्टि संवाददाता


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबार सर्वोच्च अदालतका दुई नवनियुक्त न्यायाधीश नहकुल सुवेदी र कुमार चुँडाललाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।

सर्वोच्च अदालतमा आयोजित एक समारोहबीच उनीहरुलाई सपथ गराएका हुन् । सपथलगत्तै न्यायाधीशद्वयको आजैबाट इजलास तोकिएको छ ।
दुई न्यायाधीशलाई सर्वोच्चमै सपथ गराएसँगै प्रधानन्यायाधीशले राष्ट्रपति कार्यालयमा गएर गराउने सपथको परम्परा परिवर्तन गरेका छन् । यसअघि राष्ट्रपतिको उपस्थितिमा गराउनुपर्ने चलन थियो ।

सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, संवैधानिक आयोगका पदाधिकारी, राष्ट्र बैंकका संचालकलगायत अधिकांस पदाधिकारीलाई प्रधानन्यायाधीशले सपथ गराउने संवैधानिक व्यवस्था छ । ती सपथग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासमा हुने गरेकामा अब राष्ट्रपतिकै उपस्थितिमा हुनुपर्ने बाहेक अन्य सपथग्रहण सर्वोच्चमै गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्