Logo
Logo

विदेश उड्न लागेका १२२ जना विमानस्थलमा रोकिए


दृष्टि संवाददाता


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामाअध्यागमनले उनीहरुलाई विदेश जान रोक लगाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार काठमाडौं सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको हो ।

उक्त हेल्थ केयरले नक्कली पिसिआर रिर्पोट जारी गरेको आरोपमा मंगलबार ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सो हेल्थ केयरले कोरोनाको जाँचै नगरी कोरोना नेगेटिभको नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको आरोप लागेको छ

प्रतिक्रिया दिनुहोस्