Logo
Logo

कोरोनाबाट हेटौंडा र वीरगञ्जमा मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । मकवानपुरको हेटौंडामा कोरोना संक्रमणबाट बुधबार एक वृद्धको मृत्यु भएको छ । कोरोना पृष्टि भएको हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

कोरोना संक्रमित भएपछि होम आइसोलेशनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले बताए । शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । तराईको बारा र पर्सा जिल्लाको सीमासँग जोडिएको र सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोनाको जोखिम वढेको छ ।

यस्तै, बुधबार नै वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सर्लाहीको मलङ्गवा–३ निवासी ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएका पुरुषलाई वैशाख ७ गते मङ्गलबार अस्पतालमा भर्ना गराइएको र सोही दिन उनको एन्टिजेट किटबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएकोे नारायाणी अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिए । अस्पताल भर्ना हुँदा उनको दुवै फोक्सोमा कडा निमोनिया भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्