Logo
Logo

कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकमा यादव


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी महादेव यादवलाई दिइएको छ ।


बुधबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठकले निर्वाचन समितिको संयोजक चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा पूर्वमहान्यायाधिवक्ता यादवलाई जिम्मेवारी दिने कांग्रेस शीर्ष नेताबीच सहमति भएको हो ।

अधिकारीको राजीनामापछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेलाई संयोजक बनाउनुपर्ने अडान राख्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्