Logo
Logo

लक्ष्मी बैंकको ४.५ प्रतिशत ब्याजदर भएको अरेन्ज सेभिङ्स प्लस खातामा आकर्षक सुविधा


दृष्टि संवाददाता


काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता अरेन्ज सेभिङ प्लसबाट ग्राहकहरूले अब ४.५ प्रतिशत वार्षिक ब्याजदरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न भएका छन् । बैंकको अनुसार अरेन्ज सेभिङ्स प्लस खाता भएका ग्राहकले १ लाखसम्मको वार्षिक स्वास्थ्य बीमा र १० लाखसम्मको दुर्घटना मृत्यु र अक्षमता बीमा सुविधा पनि पाउनेछन् ।

यति मात्र नभएर उनीहरुको डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपालभरि कुनै पनि एटिएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिने बैंकले जानकारी दिएको छ ।

अझ नयाँ वर्षको अफरअन्तर्गत वैशाख महिनाभरि अरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रिपेड डलर कार्ड प्राप्त गर्नेछन् । बैंकका अनुसार सो अफर अरेन्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्