Logo
Logo

नेपालगञ्जमा एक साता लकडाउन घोषणा


दृष्टि संवाददाता


बाँके । कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण दैनिक बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन गरेको छ ।

उपमहानगरपालिका क्षेत्रभर बुधबार राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

लकडाउनको समय दैनिक उपभोग्य वस्तु ओसारपसार गर्ने सवारी साधन विहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको उमहानगरपालिका क्षेत्रमा बुधबारसम्म ७३५ जना सक्रिय संक्रमित पुगिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्