Logo
Logo

ओलीविरुद्ध अदालत जाने तयारीमा नेपाल समूह


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल सर्वोच्च जाने भएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै नेपाल समूहले सर्वोच्चमा मुद्दा हाल्ने भएका हुन् ।

सर्वोच्च अदालतले गत २३ फागुनमा गरेको फैसलाको अध्यक्ष ओलीले पालना नगरेको नेपाल र खनालले बताउँदै आएका छन् । अध्यक्ष ओलीले २३ फागुनमा सर्वोच्चले गरेको फैसलाको सम्मान नगरेकाले मुद्दा हाल्ने तयारी गरेको एमाले नेता बेदुराम भुसालले बताएका छन् ।

तत्कालीन नेपाल कम्युष्टि पार्टी (नेकपा)को नामबारे परेको रिटमा २३ फागुनमा फैसला सुनाउँदै सर्वोच्च अदालतले एमाले र माओवादीको एकीकरणलाई बदर गरेको थियो । त्यससँगै एमाले र माओवादी केन्दै साविकमा आएका थिए ।

तर, सो आदेशविपरित अध्यक्ष ओलीले आफूअनुकूल पार्टीका समितिहरुको पुनर्गठन तथा परिचालन गरेको नेपाल–खनाल पक्षले विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्