Logo
Logo

हिसाबकिताब बुझाउन ८६ दललाई आयोगको उर्दी


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नवुझाउने विभिन्न ८६ वटा राजनीतिक दललाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।
आयोगको बैशाख ६ र ८ गतेको निर्णयानुसार तीन आर्थिक वर्षसम्म लगातार आयोगमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा राजनीतिक दल र नियमितरूपमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४० वटा राजनीतिक दललाई चित्तबुझ्दो कारणसहित ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

लेखा परीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरुमा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र गोपाल किराँतीको नेकपा माओवादी केन्द्रसमेत छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिनेगरी लेखा राख्नुपर्ने प्रावधान छ ।

आयोगमा लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने समय अवधि समाप्त भएको ४५ दिनभित्र आयोगले लेखा परीक्षण प्रतिवेदन पेश नगर्ने दललाई त्यसरी लेखा परीक्षण प्रतिवेदन पेश नगर्नुको कारणबारे स्पष्टीकरण सोध्न सक्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्