Logo
Logo

प्रहरीका असईविरुद्ध मुद्दा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २१ फागुन ।
नेपाल प्रहरीका एक असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्रहरी चौकी औरही, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राम नरेश साह तेलीविरुद्ध मुद्दा दायर भएको हो ।

उनले नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गर्ने इलेक्ट्रोनिक लगायतका सामानहरू ल्याउन सहज गराई दिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास महोत्तरीबाट खटिई गएको टोलीले प्रहरी सहायक निरीक्षक राम नरेश साह तेलीले सेवाग्राहीसँग १० हजार घुस लिएका थिए । स्थानीय फर्निचर उद्योग सञ्चालक दिनेश साहविरुद्ध पनि मुद्दा दायर भएको छ । उनले मतियारको रुपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्