Logo
Logo

कतारमा वरांगन | अभिनयलाई टाडै राखेकी छु : शोविता


- दृष्टि न्युज/संवाददाता


दोहा, २२ फागुन । अभिनेत्री शोविता सिंखडा उपन्यास ‘वराङ्गना’सँंगै चर्चामा छिन् । फिल्ममा अभिनय गरिरहेकै बेला कतार पुगेकी शोविता पछिल्लो समय उपन्याससहित देखिएकी थिइन् । उनै लेखिका तथा अभिनेत्री शोविताले कतारमा रहेका नेपाली साहित्य अनुरागीसँगसँग साक्षत्कार गरेकी छन् ।
परम्परागत भिन्न कार्यक्रममा साहित्यिक अनुरागीहरुले उपन्यास लेखन र चलचित्रमा अभिनय गर्दाको भिन्नता, उपन्यासमा उठाइको पात्र र समुदाय, अध्यात्म, अभिनय र साहित्यलगायतका बिबिध बिषयमा शोवितासँग जज्ञासा राखेका थिए ।

अभिनेत्री एवं उपन्यासकार सिंखडाले आफुले बच्चैदेखि जुन समुदाय र पात्रको नजिक हुर्किएको हो, उसैलाई उपन्यासको पात्र बनाएको बताइन् । उनले आफ्नो उपन्यासको पात्र जिबन्त बनेको र आफुले पाठकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताइन् ।
अहिले आफु पुर्णरुपमा साहित्य लेखन र अध्यनमा होमिएकाले अफर आएपनि अभिनयलाई केही परै राखेको उनले बताइए ।
ध्यान, योग र साधनामा समेत सक्रिय उनले हेर्ने आँखा र सन्तुष्टि लिन सक्ने मन भए सारा जगत नै सुन्दर हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्