Logo
Logo

समूहगत रुपमा कुनैपनि सम्झौता हुँदैन : प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पार्टीकै हितका लागि अगाडि बढिरहेको बताएका छन् ।

बिहीबार नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालय भवन शिलान्यास समारोहलाई बल्खुमा सम्बोधन गर्दै भने, ‘पार्टीलाई क्षति नहोस् भनेर नै अहिले सम्झाई–बुझाई गर्नेमा केन्द्रित छु ।’

प्रधानमन्त्री ओलीले समूहगत रुपमा कुनैपनि सम्झौता नहुने बताउँदै भने, ‘मेरो संवादको प्रयासलाई कमजोरी नठान्नु होला ।’ बुधबार बरिष्ठ नेता माधव नेपालसँगको संवादलाई जोड्दै उनले भने, ‘गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव छैन ।’

प्रधानमन्त्री ओलीले बुधबार साँझ नेपालसँग एक्लै वार्ता गरेका थिए । उनले सो वार्तामा पनि समूहगत छलफल नहुने र गुटको भागबण्डा नगर्ने बताएका थिए । दुई नेताबीच आज पनि वार्ता हुने बताइएको छ ।

ओलीले भने, ‘उनीहरुले सडकबाट हामीलाई बिभिन्न ढंगले कारबाही गरेको भनेर नगरा पिटाएका हुन् । केपी ओलीलाई सिध्यायौँ भनेका हुन् ।’ ओलीले थपे, ‘यति उपद्रो गर्दा पनि अर्को पार्टी खोलेर हिँड्दा पनि कारबाही नगरेर सम्झाइ बुझाई गर्नेमै हाम्रो प्रयास छ ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन माथिबाटै हान्नुपर्छ भनेर आफूलाई चारपटक साधारण सदस्यबाट समेत निकालेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्