Logo
Logo

फ्लोर क्रस गर्ने चार सांसदलाई पार्टीबाटै हटाउने तयारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा पार्टीको ह्वीपविपरित फ्लोर क्रस गर्ने चारजना प्रदेशसभा सदस्यलाई पार्टीबाटै हटाउने तयारी गरिएको छ । उनीहरुलाई आज शुक्रबार बस्ने नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले सांसद पद र पार्टी सदस्यताबाटै हटाउने तयारी गरिएको हो ।

बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी निर्देशनविपरीत गतसाता पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बस्ने बैठकमा कर्णाली प्रदेशका ५ सांसदसहित ३२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे विश्लेषण गरिने नेता सुवास नेम्वाङले जानकारी दिएका छन् । उनका अनुसार फ्लोर क्रस गर्ने चार जना सांसदको कारबाही निश्चित छ ।
यस्तै, बरिष्ठ नेता माधवकुमार नेपालसहितका संघीय सांसदबारे भने उनीहरुको स्पष्टीकरण अध्ययन गरेरमात्रै निर्णय गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्