Logo
Logo

‘भारतमा कोरोना संक्रमण बढ्नुका कारण चुनावी गतिविधि’


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो समय भारतमा कोरोना संक्रमण ह्वातै बढेको छ । केही दिनयता भारतमा दैनिक तीन लाख बढी संक्रमित भेटिन थालेको छ । यसरी भारतमा कोरोना संक्रमण बढ्नुको कारण राजनीतिक दलहरुको गतिविधि भएको भारतीय निर्वाचन आयोगले ठहर गरेको छ । कोरोना संक्रमण भयावह बन्दै गएपछि आयोगले चुनावी सभा र ¥याली गर्न रोक लगाएको छ ।

पछिल्ला दिनमासंक्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानसमेत जिम्मेवार रहेको आयोगको निष्कर्ष छ ।

अहिले भारतका विभिन्न राज्यहरूमा शृंखलाबद्ध निर्वाचन हुँदैछ । निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेद्वारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । देश संक्रमण भयावह बन्दै गएपछि त्यस्ता गतिविधिलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्