Logo
Logo

गुडिरहेको एम्बुलेन्सबाट हाम्फालेर तीन संक्रमित फरार


दृष्टि संवाददाता


कैलाली । कैलालीमा गुडिरहेको एम्बुलेन्सबाट ३ जना कोरोना संक्रमित हाम फालेर फरार भएका छन् । त्रिनगर नाका हुँदै आएका ती भारतीय नागरिकलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि धनगढी–१५ मा रहेको आइसोलेसन लैजार्दै गर्दा एम्बुलेन्सबाट हाम्फालेर भागेको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।

नेपालमा कामदारको रूपमा ९ जना भारतको पलियाबाट आएका थिए । सीमामा गरीएको एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना नभएको पुष्टि भएको थियो । आइसोलेसन जान आनाकानी गरिरहेका उनीहरू बाटोबाटै भागेका हुन् । एम्बुलेन्स चालक दिनेश लामाका अनुसार रोक्न खोज्दा उनीहरु भागेर जंगल पसे । एम्बुलेन्समा ७ जना संक्रमित थिए ।

प्रतिक्रिया दिनुहोस्