Logo
Logo

बालुवाटारमा एमाले बैठक सुरु


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक केही ढिला सुरु भएको हो ।


आज बस्ने बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने बताइएको छ । यही ६ वैशाखमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । आजको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीबाटै निस्काशन गर्ने तयारी गरिएको छ ।
साथै, बैठकले नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकार लगायतबारे छलफल गर्ने कार्यसूची तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्