Logo
Logo

ओलीको दम्भको अर्थ छैन, हामी आन्दोलन र पार्टी छोड्दैनौँ : नेपाल


दृष्टि संवाददाता


जनकपुरधाम । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली पार्टी दम्भ धरहराभन्दा माथि भएको बताएका छन् । शुक्रबार जनकपुरधाममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओली कुनैपनि हालतमा एकताको पक्षमा हुनुहुन्न । उहाँमा माने मान, नमाने बाटो खुला छ भन्ने दम्भ छ ।’

फाइल तस्बिर

नेता नेपालले ओलीका दम्भहरु धरहराभन्दा माथि उक्लिएको बताउँदै ती दम्भको कुनै अर्थ छैन ।’ बिहीबार ओली र नेपालले होटल मेरियटबाट सँगै धरहरा हेरेको तस्बिर बाहिर आएको थियो । ओलीले धरहरा हेर्दा त्यही दम्भ देखाएको भन्दै उनले भने, ‘त्यो दम्भको कुनै अर्थ छैन । हामी आन्दोलन र पार्टी छोड्दैनौँ ।’

बिहीबार अध्यक्ष ओलीसँग भएको भेटबारे उनले यस्तो बताएका हुन् । बालुवाटारको बालुवा पेलेर तेल निस्कनेबेला नभएको भन्दै उनले आफू जनकपुर आएको बताए । उनले ओलीको अध्यक्षक खोस्न नखोजेको बताउँदै भने, ‘हामीले प्रधानमन्त्रीबाट हट्नुस् पनि भनेको छैन । बस्नुस् प्रधानमन्त्री, तर पार्टीलाई सिस्टममा चलाइदिनुस् । माधव नेपाललाई पद चाहिएको छैन । बहुमत पु¥याएर निकाल्छ र प्रधानमन्त्री हुन्छ कि भनेर तर्सिनु पर्दैन ।’

उनले ओलीले आफूहरुको हुर्मत लिने बनाएको बताए । पार्टी स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा पनि ओली धुरन्धर गालीमा उत्रिएको नेता नेपालले बताए ।

नेता नेपालले ओलीसँग भएको छलफलबारे सुनाउँदै भने, ‘मैले उहाँलाई अब (२०७५) जेठ २ मा फर्किऔँ कमरेड । पार्टीलाई एकताबद्ध बनाऔँ, मिलेर जाऊँ । क–कसलाई थप्नुपर्छ, त्यही छलफल गरौं । रामबहादुर थापा थपिएर केही फरक पर्दैन । हामी पनि २/४ जना मान्छे थपिदिउँला भनेर मैले भनेँ र तर, अध्यक्ष ओेलीसँग मान्नु भएन ।’

अध्यक्ष ओलीले शुक्रबार बोलाएको बैठकमा आए तपाईको ६ महिनाको कारबाहीबारे विचार गरौँला भनेको सुनाएँदै भने, ‘मैले भनेँ, तपाईले मलाई पार्टीबाट निकाल्ने ? जो माधव नेपालले आन्दोलन र संगठन सञ्चालन गर्दै आएको छ, कसैले निकालेर निक्लिने बाला छैन भनेँ ।’ नेता नेपाल ओलीसँग बिहीबार कुरा नमिलेपछि जनकपुर आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्